वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मूल्यवृद्धि साढे १० प्रतिशत, अवस्था अझै गम्भिर बन्नसक्ने राष्ट्र बैंकको चेतावनी

अर्थटुडे
२०७२ पुष २, बिहीबार

काठमाडौं । तराईको आन्दोलन र भारतिय नाकावन्दीका कारण देशमा मूल्यवृद्धिदर साढे १० प्रतिशत पुगेको छ । दैनिक उपभोग्य सामान वितरण प्रकृया बिग्रीएको र सर्वसाधारणमा पनि अत्यावश्यक बस्तु संचय गर्ने प्रवृत्ती बढेकाले महंगी उच्च भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।nepal rastra bank

बैंकले प्रकाशित गरेको देशको आर्थिक अवस्थासम्बन्धि प्रतिवेदनमा अहिलेको अवस्था अझै लम्बिदै गएमा गम्भिर आर्थिक संकट उत्पन्न हुने चेतावनीसम्म दिएको छ ।

केन्द्रीय बैंकले अहिले बजारमा मूल्यवृद्धि नियन्त्रणका लागि विभिन्न मौद्रिक उपकरण प्रयोगमा ल्याएपनि त्यसले मात्र सम्भव नभएको बताएको छ । ‘अहिलेको अवस्था अझै लम्बिएमा मंहगी अझै बढ्ने र यसबाट देशको आर्थिक बृद्धिदर कम हुनुका साथै वेरोजगारी दर, मूद्रास्फिति बढेर देशमा गम्भिर आर्थिक संकट देखिन सक्छ’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७२\०७३ को कात्तिकमा मूल्यवृद्विदर १०.४ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ७.२ प्रतिशत थियो भने चालु आवकै असोजमा ८.३ प्रतिशत रहेको थियो ।

गेडागुडी, घ्यू तथा तेल र लत्ताकपडाको मूल्यवृद्धि उच्च भएपछि महंगि बढेको हो । कात्तिकमा दलहन तथा गेडागुडीको मूल्य ४४.१ प्रतिशत र घ्यू तथा तेलको ४१.१ प्रतिशतले बढेको छ । यस्तै क्षेत्रगत आधारमा सधैभन्दा बढी काठमाडौं उपत्यकामा ११.८ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यस्तै पहाडमा ११.४ प्रतिशत, हिमालमा ९.६ प्रतिशत र तराईमा ९.१ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ