काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिले बोनस सेयर सहित कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ । उक्त लाभांस प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
विहिबार बसेको संचालक समितिको बैठकले साधारणसभामा अधिकतम २ अर्व ६० करोड रुपैयाँसम्म हकप्रद शेयर निष्काशनका लागि साधारणसभामा प्रस्ताव लैजाने निर्णय गरेको छ ।
बैंकले गत आवमा ५१ अर्व ६२ करोड निक्षेप संकलन तथा ४० अर्व ४७ करोड कर्जा लगानी गरी १ अर्व ६ करोड खुद नाफा गरेको छ । बैंकको निष्क्रिय कर्जाको अनुपात ०.१९ प्रतिशत मात्र रहेको छ ।
प्रतिक्रिया