काठमाडौं । लघुवित्त विकास बैंकहरुको सेयरमा आकर्षण बढीरहेका बेला अर्को माईक्रो फाइनान्सको साधारण सेयर आउने भएको छ । मेरो माईक्रोफाइनान्सले ६ करोड १२ लाख रुपैयाँ बराबरको ६ लाख १२ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हालै सम्पन्न साधारणसभाले साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । निश्कासन तथा विक्री प्रवन्धक नियुक्ती र नेपाल धितोपत्र बोर्डबाट निश्कासन अनुमति लिएर चालु आर्थिक वर्षभित्रै सेयर जारी गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
नुवाकोटमा केन्द्रीय कार्यालय रहेको कम्पनीको चुक्ता पुँजी १३ करोड ८८ लाख रहेको छ । कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गरेपछि पुँजी २० करोड पुग्नेछ ।
कम्पनीले संचालनको दोश्रो वर्षमा १ अर्व १८ करोड ऋण लगानी गरि ६ करोड ५० लाख सञ्चालन नाफा गरेको छ । हाल ३० शाखाबाट सेवा दिइरहेको संस्थाले चालु आ.व.को अन्त्यसम्ममा थप १३ जिल्लामा १५ बढी शाखाहरु थप गरि ४५ शाखा कार्यालय पुर्र्याउनुका साथै ५२ हजार ३४२ ग्राहक र ३८ हजार ६९८ ऋणीहरुलाई दुई अर्ब लगानी गर्ने योजना रहेको बताएको छ ।
प्रतिक्रिया