काठमाडौं । जलविद्युतको साधारण सेयरमा लगानी गर्न चाहानेहरुका लागि अर्को अवसर आउदैछ । ८.४ मेगावाट क्षमताको आँखु खोला हाइड्रो पावर कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको साधारणभाले सर्वसाधारणका लागि सेयर जारी गर्ने निर्णय गरेको हो । अब धितोपत्र बोर्डबाट स्विकृती लिएर छिट्टै सेयर जारी गर्ने कम्पनीले जनाएको छ ।
आँखुखोला हाइड्रोपावर धादिङमा सञ्चालनमा छ । कम्पनीले विगत दुई वर्षदेखि नै उत्पादन शुरु गरिसकेको छ ।
हाल ६० करोड चुक्ता पूँजी रहेको कम्पनीले सेयर निश्कासन गरेपछि पूँजी ८० करोड पुग्ने छ ।
कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार विद्युत बिक्रीबाट २२ करोड ३० लाख ७ हजार आम्दानी गरेको छ । अघिल्लो वर्ष १६ करोड ६४ लाख ९५ हजार आम्दानी गरेकोमा गत वर्ष ३४ प्रतिशतले बद्धि भएको कम्पनीले जनाएको छ । तर कम्पनीको खुद आम्दानी भने ऋणात्मक रहेको छ ।
आयोजनामा माछापुच्छ«े, प्राइम कमर्सियल, राष्ट्रिय वाणिज्य, प्रभु, सनराईज बैंक र काष्ठमण्डप डेभलपमेन्ट बैंकको कर्जा लगानी छ ।
प्रतिक्रिया