काठमाडौं । हिमालयन बैंकले ४२ प्रतिशत लाभांस दिने सञ्चालक समितिको प्रस्ताव पारित भएको छ । बैंकको बुधबार बसेको २३औं वार्षिक साधारणसभाले सेयरधनीलाईे ४२ प्रतिशत लाभांस दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।
बैंकले गत आर्थिक वर्षमा कमाएको नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर र ७.१० प्रतिशत नगद लाभांस दिने भएको हो । गत वर्ष बैंकले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो । बोनस सेयर दिएपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ पुग्ने छ ।
नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेपछि बैंकले सेयरधनीहरुलाई बोनस सेयर दिने भएको हो । हालसम्म बैंकले ७३ अर्व ५३ करोड निक्षेप संकलन र ५५ अर्व ४२ करोड कर्जा प्रवाह गरेको बैकद्धारा जारी विज्ञप्तीमा छ ।
यस्तै बैंकले यो वर्ष पाँच शाखा र चार एटीएम थप्ने समेत निर्णय गरेको छ । त्यसैगरी ५०० थप पस टर्मिनल विस्तार गर्ने उनले जानकारी दिए । हाल बैंकले देशभर ४२ शाखा र ८० एटीएममार्फत ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै बैंकले सामाजिक उत्तरदायित्वमा २ करोड ११ लाख रुपैयाँ खर्च गरेको छ । भने बार्षिक साधारणसभाले साधारण सेयरधनीका तर्फबाट सुरेन्द्र सिलवाल बैंकको सञ्चालक समितिमा निर्विरोध चयन भएका छन् ।
प्रतिक्रिया