काठमाडौं । नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले सन् २०१६ लाई पर्यटन बचाउको वर्षको रुपमा अगाडी बढाउने बताएका छन् । बुधबार पदभार ग्रहण गर्दै सिइओ जोशीले सन् २०१७ लाईभने आफूले पुनरुद्धारको वर्ष, २०१८ लाई नेपाल फर्काउको वर्ष तथा २०१९ लाई वृहत्तर निर्माणको वर्षका रुपमा काम गर्ने बताए ।
‘नेपाल पर्यटन बोर्ड भनेको सरकारी र निजी साझेदारीमा चल्ने भएकोले सोही मर्म अनरुप अगाडी बढ्ने छु, जोशीले भने —“जसको लागि सवैको साथको अपेक्षा गरेको छु,’ । पर्यटन नाफा केन्द्रित व्यवसाय भएकाले गाँउ गाउँ र घर घरमा र्पुयाउन नसकिने बताए । जोशीले पर्यटनलाई गाउँ–गाउँ र्पुयाउन माग आइरहेपनि त्यो सम्भव नभएको समेत बताए ।
गत वैशाख १२ गते गएको भूकम्प तथा भारतीय नाकाबन्दीका कारण पर्यटन क्षेत्रमा असहज परिस्थिती आएको उल्लेख गर्दै जोशीले सन् २०१७ भित्रमा ८ लाख पर्यटक भित्र्याउन पहल गर्ने प्रतिबद्धतासमेत जनाए । सन् २०१४ मा नेपालमा ८ लाख पर्यटक आएका थिए भने यसवर्ष ३ लाख ५० हजार पर्यटक मात्र नेपाल भित्रिएको उनले जानकारी दिए ।
कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले ४ वर्ष सिइओ नहुँदा रोकिएका कामलाई नयाँ कार्यकारी अधिकृत पुरा गर्नुपर्ने चुनौति रहेको बताए । त्यस्तै बोर्डको बैठक बोलाएर भोलि देखिनै क्षेत्रगत योजना बनाएर अगाडी बढ्न उनले सुझाव दिए ।
प्रतिक्रिया