वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भिबोर र सोसाइटी एकआपसमा गाभिने, चुक्ता पुँजी १.८१ करोड पुग्ने

अर्थटुडे
२०७२ पुष ९, बिहीबार

काठमाडौं । भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक एक आपसमा गाभिने भएका छन् । दुवै कम्पनीबिच भएको मर्जर सम्बन्धी समझदारी पत्रमा भिबोरका अध्यक्ष मोहन दास मान्नधर र सोसाइटीका अध्यक्ष सुशिलराज पराजुलीले हस्ताक्षर गरे ।

DSC_0038सम्झौता अनुसार २०७२ असार भित्र मर्जर प्रक्रिया पुरा गरी भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको नामबाट कारोबार सुरु गर्ने लक्ष्य राखिएको छ ।

यो मर्जर पश्चात बन्ने संस्थाको कूल चुक्ता पुँजी १ अर्व ८१ करोड ५० लाख पुग्नेछ । चालु आवको असोजसम्मो अपरिष्कृत वित्तीय विवरण अनुसार कूल निक्षेप करिव ११ अर्व र कूल कर्जा ९ अर्व हुनेछ । मर्जर पछि कूल ४३ शाखा मार्फत यस संस्थाको बैंकिङ्ग सेवाको पहुँच ८ अञ्चलका २० जिल्लामा हुनेछ ।

२०७४ आषाढ मसान्तसम्म राष्ट्रिय स्तरको विकास बैंकले २ अर्व ५० करोड पुजी पु¥याउनु पर्ने राष्ट्र बैंकको प्रावधान छ । त्यसका लागि अपुग हुने ६८ करोड ५० लाख थप पुँजी पु¥याउन दोश्रो चरणमा अन्य कुनै विकास बैंक तथा वित्त कम्पनीलाई आफूमा मर्ज गराउन दुवै संस्था सकारात्मक रहेका जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ