काठमार्डाैं । अव अनलाईन मार्फत डिम्याट (हितग्राही) खाता खोल्न सकिने छ । ग्लोबलआइएमई क्यापीटलले बुधबार उपत्यकाका लगानीकर्ताहरुलाई सहज होस् भनेर सो योजना सार्वजनिक गरेको हो ।
उपत्यकाभित्रका धितोपत्र लगानीकर्ताहरुले डिम्याट खाता आफ्नै घर तथा कार्यालय परीसरबाट खोल्न सक्नेछन् । त्यस्तै ग्लोबल आइएमई क्यापीटल तथा ग्लोवल आइएमई बैंकका शाखावाट समेत खाता खोलेका उपत्यका भित्रका डिम्याट खातावालाले निश्चित शुल्क भुक्तानी गरी आफ्नै घर तथा कार्यालय परीसरबाटै सेयर अभौतिकीकरण गर्न सक्नेछन् ।
घर तथा कार्यालय परीसरबाटै डिम्याट खाता खोल्न चाहनेले ग्लोवल आइएमई क्यापिटलको वेवसाइटमा गई लगन गरी अनलाई्न खाता खोल्न सकिने छ ।
प्रतिक्रिया