वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मार्केट डेप्थ देखाउन सुरु गरेकै दिन घट्यो नेप्से

अर्थटुडे
२०७२ पुष १२, आईतवार

काठमाडौ । आइतबार सेयर बजार परिसूचक भने १.५६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जले आइतबारबाट आफ्नो वेवसाइटमा मार्केट डेप्थ देखाउने व्यवस्था सुरु गरेपनि त्यो प्रभावकारी भएन । यसदिन नेप्से ११३५.४७ अंकमा बन्द भएको छ । share

यसदिन विकास बैंक परिसुचक ८.१३ अंकले बढेको छ भने बाँकी सम्पुर्ण समूहगत परिसुचक घटेको छ । त्यस्तै वाणिज्य बैंकको सूचक २.४४ अंक, विमा समूह २४ अंकले, होटलको २ अंकले तथा जलविद्युतको ९ अंकले घटेको छ ।

यसदिन धेरै कारोबार हुने कम्पनीहरुमा गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, एनआइसी एसिया बैंक तथा साना किसान विकास बैंक रहेका छ्न् । त्यस्तै नयाँ नेपाल लघुवित्त विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स नागबेली लघुवित्त विकास बैंक, वोमी माइक्रोफाइनान्स, क्लिन भिलेज माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले धेरै कमाएका छन् ।

गुमाउनेहरुमा भने प्रोग्रेसिभ फाइनान्स, सगरमाथा फाइनान्स, नेको इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् । यसदिन ४२ करोड ३३ लाख रुपैयाँ बरबरको ११ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ