काठमाडौं । भैरवकुण्ड हाईड्रोपावरले सर्वसाधारणको लागि सेयर जारी गर्ने भएको छ । कम्पनीको साधारण सभाले २०७२ पौष मसान्त भित्रमा पब्लिक लिमिटेड कम्पनीमा परिणत गरी चुक्ता पूँजी ६५ करोड पु¥याउने र त्यसकोे ४९ प्रतिशत रकम बराबरको सेयर जारी गर्न लागेको हो । कम्पनीका अध्यक्ष सुरेन्द्र भण्डारीले आगामी २०७३ पुस मसान्त भित्रमा सर्वसाधारणहरुको लागि प्रति किता सय रुपैयाँ दर अंकित ३१ लाख ८० हजार कित्ता सेयर जारी गरी ३१ करोड ८० लाख रुपियाँ सेयर रकम संकलन गर्ने लक्ष्य लिएको बताए ।
कम्पनीले पब्लिक सेयर जारी गर्नुपुर्व वर्तमान शेयरधनी र अन्य व्यक्ति, संघ संस्था तथा कम्पनीहरुबाट आव २०७२\०७३ मा ९ करोड रुपिया शेयर रकम थप गर्ने लक्ष्य लिएको जानकारी दिए ।
पहिलो पटक १ हजार ८ सय ५० किलोवाट र २०६६ चैत्र २७ गते दोस्रो पटक १ हजार १ सय ५० किलोवाटको लागि पिपिए सम्पन्न गरी २०६६ भदौ १९ गते जेनेरेसन लाईसेन्स प्राप्त गरी २०७१ जेठ १८ गते सिओडी गरेका थियो ।
अध्यक्ष भण्डारीले भैरवकुण्ड खोला साना जलविद्युत आयोजनाको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भैसकेको र आव २०७०\०७१ जेठ २२ गते देखि उत्पादन भएको थियो । ०७१ साउनमा जुरेमा गएको पहिरो शक्तिसाली भुकम्प तथा त्यसपछिका पराकम्पनहरुको कारण क्षतिग्रस्त भएकोले हाल पुर्ननिर्माण कार्यहरु अगाडि बढिरहेको जानकारी गराउदै यही माघ मसान्तसम्ममा उत्पादन सुरु गर्ने लक्ष्य लिएको बताए । निर्माण सम्पन्न भएर संचालन हुन ७२ करोड ८८ लाख ६२ हजार ८ सय ३ रुपिया लाग्ने सभामा जानकारी दिइयो ।
प्रतिक्रिया