काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई चाँदी आयात गर्न रोक लगाएको छ । चाँदीको आयात अस्वभाविक रुपमा बढेपछि गैरकानुनी काममा प्रयोग भएको आशंकमा राष्ट्र बैंकले यस्तो नियम बनाएको हो । अब सुनचाँदी व्यवसायीले मात्र चाँदी आयात गर्न पाउछन् । त्यसका लागि बैंकमा एलसी भने खोल्नुपर्नेछ ।
राष्ट्र बैंकको अनुसन्धानका एउटा वाणिज्य बैंकले एक व्यक्तिलाई एक अर्ब रुपैयाँको चाँदी बिक्री गरेको समेत भेटिएको र केही बैंकले अन्धाधुन्ध चाँदी मात्र आयात गर्ने गरेको भेटिएपछि रोक लगाएको हो ।
पछिल्लो समय भारुको साटो भुक्तानीका लागि चाँदीको प्रयोग हुन थालेको थियो ।
प्रतिक्रिया