काठमाडौं । केही समययता विभिन्न नाकाहरुबाट इन्धन भित्रन थालेको छ । मंगलबारमात्र भारतबाट २ सय ४ वटा इन्धनका गाडी नेपाल भित्रिएका छन् । सबैभन्दा धेरै डिजेल बोकेका गाडी भित्रिएका छन् भने पेट्रोल र ग्यासका गाडी भने निकै कम संख्यामा आएका छन् ।
मंगलबार सबैभन्दा धेरै भैरहवाको बेलहिया नाकाबाट ७९ वटा इन्धन बोकेका गाडी नेपाल भित्रिएका छन् । त्यसमध्ये ७२ वटा तेल ट्यांकर र ७ वटा ग्यास बुलेट नेपाल आएका हुन् ।
दिनभरमा भैरहवाबाट २ सय ५० भन्दा बढी मालबाहक गाडी भित्रिएका छन् । त्यस्तै नेपालगञ्ज नाकाबाट ५५ ट्यांकर इन्धन नेपाल भित्रिएको जमुनाह भन्सार कार्यालयले जानकारी दिएकोृ छ ।
मंगलबार यस नाकाबाट ४० ट्याकंर डिजेल आएको छ । जमुनाहबाट ५ ट्यांकर, पेट्रोल ७ ट्यांकर हवाइ इन्धन र ३ ट्यांकर मटितेल आएको छ । यस नाकाबाट अन्य ७७ वटा मालबहाक गाडी आएका छन् ।
कैलालीको गौरीफन्टा नाकाबाट ४० ट्यांकर इन्धन भित्रिएका छन् । ३४ वटा डिजेल, ४ वटा पेट्रोल र २ वटा हवाइ इन्धनका गाडी नेपाल आएको छ । त्यस्तै काँकडभिट्टाको मेची नाकाबाट १७ ट्यांकर इन्धन नेपाल आएका छन् ।
मेची भन्सारबाट १५ ट्यांकर डिजेल, १ ट्यांकर पेट्रोल र १ ट्यांकर मटितेल भित्रिएको छ । बिराटनगरको रानी नाकाबाट दिनभरमा १३ वटा इन्धनका गाडी भित्रिएका छन् । जसमा डिजेलका १० वटा छन् भने ग्यास बुलेट तीनवटा रहेको भन्सार कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया