काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिहीबार नेपाल बैंकको मात्र १० करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । यसदिन खेतान समूहले आफूसँग भएको सेयरमध्ये ३ लाख ५५ हजार १ सय ११ कित्ता सेयर प्रति कित्ता ३ सयको हाराहारीमा विक्रि गरेको हो ।
खेतान समूहको अध्यक्ष राजेन्द्र खेतान हुन् । लक्ष्मी बैंक खेतान समूहद्धारा प्रबद्र्धित बैक भएको बंैक हो । खेतान समूहले लक्ष्मी बैंकले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको र हकप्रद सेयरमा लगानी गर्नको लागि नेपाल बैंकको सेयर विक्रि गरेको हो ।
यो समूहले आफ्नो स्वामित्वमा रहेको नेपाल बैंकको सबै सेयर भने अझै बेचेको छैन । खेतान समूहले केही दिनभित्रैमा नेपाल बैंकको दुई लाख कित्ता सेयर बिक्री गर्ने तयारी समेत गरेको जानकारी पाइएको छ । यो समूहले केही समयअघि नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरमासमेत लगानी गरेको थियो ।
यसअघि नेपाल बैंककै सेयर रविभक्त श्रेष्ठले पनि यसैगरी बेचेका थिए ।
यस्तै यसदिन बजार उकालो लागेको छ । ९.२१ अंकले उकालो लागेको सेयर बजार ११५१.३८ अंकमा गएर रोकिएको छ । यस दिन सम्पुर्ण समूहगत परिसुचक पनि उकालो लागेको छ ।
विहीबार ५५ करोड रुपैयाँ बरारबरको ११ लाख ३९ हजार कित्ता सेयर कारोबार भएको छ । नेपाल बैंक, नेशनल लाइफ इन्स्योरेन्स, एनआइसी एसिया बैंक, प्राइम लाइफ इन्स्योरेन्सको तीन करोड भन्दा माथिको कारोबार भएको छ ।
यसदिन बीमा समूहको सूचक १२८ अंकले बढेको छ । यस्तै होटलको ३० अंकले, विकास बैंकको १६.८६ अंकले बृद्धि भएको छ ।
वाणिज्य बैंकको समूहगत परिसूचक ४.५८ अंकले बढेको छ । यसदिन नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् भने राप्तीभेरी विकास बैंकका लगानीकर्ताले सवैभन्दा धेरै गुमाएका छन् ।
प्रतिक्रिया