काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार विकासमा विशेष जोड दिने भएको छ । सरकारले नयाँ सडक निर्माणमा मध्यपहाडी लोकमार्गलाई प्राथमिकताका साथ निरन्तरता दिने र नेपाल र भारत जोड्ने उत्तर–दक्षिण लोकमार्गहरू कोसी, कर्णाली र कालीगण्डकी कोरिडोरलाई विशेष प्राथमिकता दिदै बजेट ल्याउन लागेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सडक मर्मत, विस्तार तथा नयाँ निर्माणमा मात्र आगामी बजेटमा ३६ अर्बभन्दा बढी रकम रहने बताएको छ । चालुु आर्थिक वर्षमा उक्त कार्यका लागि रु ३३ अर्ब बजेट छुट्याइएको थियो । आगामी आर्थिक वर्षका लागि रु ४० अर्ब रकम व्यवस्था गर्न लागिएको बताइएको छ । उक्त रकममध्ये सरकारले ९३ प्रतिशतभन्दा बढी सडक सञ्जाल निर्माणमा नै खर्च गर्नेछ ।
त्यसैगरी व्यापारिक मार्ग, विराटनगर–जोगवनी, भैरहवाको पथलैयादेखि बुटवल र नेपालगन्ज कोहलपुर सडकलाई छ लेनमा विस्तार गरिनेछ । जिल्ला सदरमुकाम जोड्ने सडक भने विश्व बैंक, एसियाली विकास बैंक र भारतीय आयात–निर्यात बैंकको ऋण तथा अनुदानमा निर्माण गरिने गरिने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया