काठमाडौं । लघुवित्त बैंकको सेयरमा आकर्षण बढीरहेका बेला अर्को लघुवित्त विकास बैंकको साधारण सेयर बजारमा आउने भएको छ । आरएसडिसी लघुवित्त विकास बैंकले ४ करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण सेयर निश्कासन गर्न लागेको हो । साधारण सेयर निश्कासनका लागि कम्पनीले निस्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ ।
शुक्रबार भएको सम्झौतापत्रमा आरएसडिसीका कार्यकारी प्रमुख दामोदर जोशी र एनआइबिएलका महाप्रबन्धक मेखवहादुर थापाले हस्ताक्षर गरे ।
एक सय रुपैयाँ अंकित दरका सेयरमध्ये पाँच प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । त्यसपछि बाँकी रहेको तीन लाख ८० हजार कित्ता सेयर सर्वसाधारणले पाउनेछन् ।
साधारण सेयर निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्विकृती पाउन बाँकी छ । यस्तै ईक्रा रेटिङ समेत गराउनुपर्नेछ । यी प्रंक्रिया पुरा गरेपछि मात्र कम्पनीको सेयर निश्कासन हुनेछ । कम्पनीले चालु आर्थिक वर्षभित्रैमा सेयर बिक्री गर्ने तयारी छ ।
हाल ६ करोड चुक्ता पुँजी रहेको कम्पनीले सर्वसाधारणका लागि चार करोड बराबरको सेयर निष्काशन पश्चात कम्पनीको पुँजी १० करोड पुग्नेछ । थोक लघुकर्जा प्रदान गर्दै आएको कम्पनीमा ग्रामीण स्वावलम्बन विकास केन्द्र र लुम्विनी बैंकको मुख्य लगानी रहेको छ ।
प्रतिक्रिया