काठमाडौं । विरगञ्ज बाहेका नाकाबाट पेट्रोलिय पदार्थको आयात बढेपछि नेपाल आयल निगमले निजी कारलाई तेल दिने भएका छन् । काठमाडौं उपत्यकामा तीन दिनमा निजी कार तथा जीपलाई पेट्रोल वितरण गर्ने भएको छ ।
निगमले लटअनुसार पुस २२, २४ र २७ गते निजी कार तथा जीपलाई पेट्रोल दिने कार्यतालिका सार्वजनिक गरेको छ । जसमा २२ गते बुधबार १ देखि ६ नम्बर लटका, २४ गते शुक्रबार ७ देखि १० नम्बर लट र २७ गते सोमबार ११ भन्दा माथिका लटका कारले पेट्रोल पाउनेछन् ।
तीनदिनमा झण्डै १३ लाख लिटर पेट्रोल दिने लक्ष्य राखेको निगमले प्रतिकार १५ लिटरका दरले वितरण गर्न लागेको हो ।
वितरण गर्नुभन्दा एक दिन अघि नै पम्पमा तेल पुर्र्याई बिहान ९ बजेदेखि नै तेल विक्री सुरु हुनेछ । तेल भर्न नवीकरण भएको ब्लु बुक भने अनिवार्य गरिएको निगमले जनाएको छ ।
प्रतिक्रिया