काठमाडौं । मेगा बैंकको अध्यक्षमा भोज बहादुर शाह नियुक्त भएका छन् । बैंकका तत्कालीन अध्यक्ष प्रा.डा मदन कुमार दाहालले राजिनामा दिएपछि बैंक संचालक समितिको बैठकले शाहलाई अध्यक्षमा नियुत्त गरेको हो ।
यसैगरी बैठकले बैंक संचालक समितिका सदस्य डा. डुमन थापाको राजीनामा पनि स्वीकृत गरेको छ ।
बैंकको साधारणसभा आगामी आईतबार बस्दैछ । सभामा गत आर्थिक बर्षको नाफाबाट १० प्रतिशत वोनश सेयर वितरण गर्ने र ४ बराबर १ हकप्रद सेयर दिने प्रस्ताव समेत लैजादैछ ।
प्रतिक्रिया