काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले ल्याउन लागेको एफपीओलाई इक्रा नेपालले ग्रड थ्री प्लस रेटिङ दिएको छ । बैंकले छिट्टै ९० लाख ६९ हजार ३ सय ८८ कित्ता एफपीओ निष्कासन गर्दैछ । प्रतिकित्ता एक सय रुपैंया अंकित र प्रिमियम मूल्य ५०१ रुपैयाँ सहित ६०१ मा निष्काशन गर्न लागिएको उक्त सेयरमध्ये सर्वसाधारणको लागि ८६ लाख १५ हजार ९ सय १९ कित्ता छुट्याएको छ । यसैगरी कर्मचारीको लागि केही प्रिमियम कम गरेर ४ लाख ५३ हजार ४६९ प्रति कित्ता शेयर ३६० रुपैंया (२६० रुपैंया प्रिमियम मूल्य सहित) मा बिक्री गर्ने भएको हो ।
इन्भेस्टमेन्ट बैंकको एफपीओलाई थ्री प्लस रेटिङ
२०७२ पुष २२, बुधबार
प्रतिक्रिया