काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डेपुटी गर्भनर नियुक्तीका लागि आफु र गर्भनरबिच विवाद नभएको बताएका छन् । बुधबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले पत्रपत्रिकामा विवाद भएको कुरा आएपनि डेपुटी गभर्नर नियुक्तिको विषय जटिल र समाधान गर्नै नसकिने खालको पनि नभएको उल्लेख गरे ।
“तपाई र मबिच कुनै विवाद छ त गर्भनर साप, छैन नी !” पत्रकारसम्मेलनमा सँगै रहेका गर्भनरतिर हेर्दै उनले भने । यसो भनिरहँदा गर्भनर डा चिरञ्जिवि नेपाल हासेर मात्र बसेका थिए ।
यसैगरी अर्थमन्त्रीले नाकाबन्दीको समस्या भोगिरहेका व्यवसायीलाई राहतका लागि पाँच प्रतिशत व्याजदरमै ऋण दिने घोषणा गरेका छन् । सरकारले पुनरुद्दार कोषमार्फत् व्यवसायीलाई राहत दिने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले कार्यविधि बनाएपछि ऋण लगानीको प्रक्रिया सुरु हुनेछ ।
गत मंगलबार मात्र सरकारले एक खर्ब रुपैयाँको पुनरुद्दार कोष घोषणा गरेको थियो ।
प्रतिक्रिया