काठमाडौं । एनसेलले पर्यटकलाई लक्षित गरी सगरमाथा क्षेत्रमा इन्टरनेट सेवाको गति बढाएको छ । कम्पनीले उक्त क्षेत्रमा भिस्याट प्रविधिमा आधारित साइटहरुलाई माईक्रोवेब लिङ्कले प्रतिस्थापन गर्नुका साथै नेटवर्कको क्षमता पनि वृद्धि गरेको छ ।
यी सुधार पश्चात अब सगरमाथा क्षेत्रमा ग्राहकले उच्चस्तरको भ्वाइस सेवाको अनुभव गर्नुका साथै २१ एमबी प्रति सेकेन्डसम्मको गतिमा इन्टरनेट चलाउन सक्ने कम्पनीले जनाएको छ । खुम्बु क्षेत्रमा प्रत्येक वर्ष संसारभरीबाट थुप्रै पर्यटकहरु ट्रेकिङ्ग र पर्वतारोहणका लागि आउने गरेका छन् ।
एनसेलले सन् २०१० देखि नै यो क्षेत्रमा भिस्याट प्रविधिबाट ३.६ एमबी प्रति सेकेन्ड गतिसम्मको इन्टरनेट सेवा प्रदान गर्दै आईरहेको थियो ।
कम्पनीले काठमाडौं उपत्यकाको नेटवर्क आधुनिकिकरण गरे लगत्तै सगरमाथा क्षेत्रमा भिस्याट लिङ्कलाई माईक्रोवेब लिङ्कले प्रतिस्थापन गर्ने काम गरेको विज्ञप्तीमार्फत जनाएको छ ।
प्रतिक्रिया