वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसीसी बैंकका लगानीकर्तालाई १६ % बोनस सेयर

अर्थटुडे
२०७२ पुष २३, बिहीबार

log of ncc bankकाठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक (एनसीसी) का लगानीकर्ताले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंक संचालक समितिले उक्त लाभांस प्रस्ताव गरेको हो । यसको कर प्रयोजनका लागि १ करोड ७० लाख ८२ हजार ९ सय ४८ रुपैंया नगद लाभांस पनि बितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांस प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्विकृती र कम्पनीको साधारणसभाबाट पारित गरेपछि वितरण हुनेछ ।

गत आवमा बैंकले गत आर्थिक वर्षमा ४१ करोड २६ लाख रुपैंया खुद नाफा कमाएको थियो । हाल २ अर्ब २ करोड ८६ लाख रुपैंया चुक्ता पुँजी रहेको बैंकको बोनस सेयर बितरण पछि पुँजी २ अर्ब ३४ करोड रुपैंया पुग्नेछ ।

बैंकले हाल ४ विकास बैंकहरु एपेक्स, इन्फ्रास्ट्रक्चर, सुप्रिम र इन्टरनेशनल डेलपमेन्ट बैंकसँग सम्झौता गरी मर्जर प्रक्रिया अघि बढाइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ