वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थ बैंक र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकबिच मर्जर हुने

अर्थटुडे
२०७२ पुष २३, बिहीबार

काठमाडौं । सिद्धार्थ बैंक र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक एक आपसमा गाभिने भएका छन् । दुवै कम्पनीबीच विहिबार मर्जर सम्बन्धी औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थका सञ्चालक हेमन्त ज्ञवाली र युनिभर्सल डेभलपमेन्टका सञ्चालक दिनेश शंकर पालिखेले हस्ताक्षर गरे ।

siddrtha & business univesial
सम्झौता अनुसार मर्जरपछि सिद्धार्थ बैंकको नामबाट संयुक्त कारोवार हुनेछ । २०७३ साल वैशाख मसान्तसम्म सक्ने बैंकको लक्ष्य रहेको छ । यसका साथै मर्जर प्रयोजनका लागि दुवै संस्थाको शेयर कारोबार पौष २३ गते देखि नै रोक्का गरिएको छ ।
समझदारी अनुसार मर्जर सम्बन्धि सम्पूणं कार्य २०७३ साल वैशाख मसान्तसम्म सक्ने बैंकको लक्ष्य राखिएको छ । मर्जरपछि बन्ने कम्पनीको पुँजी ३ अर्व ४९ करोड पुग्नेछ । यसैगरी ६५ शाखा, ७२ एटिएम र ६४ स्थानमा शाखारहित बैंकिंग सेवा पुग्ने संयुक्त रुपमा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ