काठमाडौं । साताको अन्तिम दिन बिहीवार सेयर बजार परिसुचक (नेप्से) १४.२५ अंकले बढेको छ । कारोबार सुरु भएदेखि नै उकालो लागेको बजार सूचक १ हजार १६४.१४ अंकमा पुगेर बन्द भएको हो । कारोवार भएका अधिकांश कम्पनीहरुको सेयर मूल्य उकालो लागेपछि समग्र बजारमा असर देखिएको हो ।
आज सबैभन्दा बढी बिमा समुह परिसुचक ५३.७७ अंकले उकालो लागेको छ । त्यस्तै जलविद्युत ४७.५६, अन्य १७.६२ र बैंकिङ समुहको परिसुचक १३.३३ अंकले बढेका छन् । आज ट्रेडिङ समुहको परिसुचक मात्र ११.०६ अंकले घटेको छ ।
बिहीवार १२८ कम्पनीको १० लाख कित्ता सेयर ५८ करोड १९ लाखमा कारोबार भएको छ । यसदिन एनआइसी एसिया बैंकको सवैभन्दा बढी १० करोड १६ लाखको सेयर कारोवार भएको छ ।
प्रतिक्रिया