काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले एक साताभित्रै नाकावन्दी खुल्ने बताएका छन् । विहिबार चेम्बर एक्पोको उद्घाटन गर्दै उनले हाल देशमा देखिएको समस्या १ हप्ताभित्रै समाधान हुने बताएका छन् । ‘संविधानमा देखिएको विवादित विषयमा छलफल गरी १ हप्ताभित्रै परिमार्जन गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘संविधान परिमार्जन भइनसक्दै सीमा पारी तथा वारी देखिएका सवै समस्या समाधान हुनेछ ।’
नाकावन्दीका कारण उद्योगी व्यवसायी समस्यामा परेको भन्दै सोका लागि सरकारले पुनर्उत्थान कोष ल्याएको समेत अर्थमन्त्री पौडेलले जानकारी दिए ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक्स्पोले नेपाली बस्तुको अन्तरराष्ट्रिय स्तरमा ब्राण्डिङ गर्न सहयोग पुर्याउनुका साथै विभिन्न देशबीच आर्थिक सम्बन्ध विस्तार गर्न समेत सहयोग पुग्ने बताए ।
५ दिनसम्म चल्ने एक्स्पोमा २ सय वटा स्टल छन् । मेलामा अटो मोवाईल, ईलेक्ट्रिकल तथा ईलेक्ट्रोनिक्स, फ्लोरिङ तथा फर्र्नििसङ, घरेलु उपकरणहरु, भान्सा, फेसन वेयर, मोबाईल लगायतका सामग्री रहेका छन् बताइएको छ ।
प्रतिक्रिया