काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) को साधारण सेयर वुधबार बाँडफाड गरिने भएको छ । कम्पनीको सेयर निश्काषन तथा बिक्री प्रबन्धक रहेको नागरिक लगानी कोषले सबैलाई न्युनतम १० कित्ता सेयर दिनेगरी बाँडफाँटको मोडालिटी धितोपत्र बोर्डसमक्ष प्रस्तुत गरेको हो ।
सो मोडालिटि धितोपत्र बोर्डबाट स्वीकृति पाउने बित्तिकै सेयर बाँडफाड गरिने कोषका प्रबक्ता शुसील अर्यालले जानकारी दिए । कोषले सोमबार बोर्ड समक्ष बाँडफाँटको मोडालिटी प्रस्ताव गरेको थियो भने मंगलबार बोर्डले स्वीकृत गर्ने र बुधबार बाँडफाँड गरिने छ ।
बोर्डले भने ६० प्रतिशत ठुला र ४० प्रतिशत साना लगानीकर्ताका लागि छुट्याउँदा पनि न्यूनतम १० कित्ताबाट नघट्ने गरी सबैले पाउनु पर्ने धारणा राखेको छ ।
कम्पनीले दुई अर्ब रुपैयाँको साधारण सेयर निष्काशन गरेको थियो । भने ४३ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो । नागरिक लगानी कोषले यो सेयर पुस ३० गते भित्रमा बाँडफाँट गरिसक्नु पर्छ ।
प्रतिक्रिया