वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर बाँडफाड,लगानीकर्ताले न्युनतम १० देखि १ लाख ४५ हजार कित्ता सम्म पाए

अर्थटुडे
२०७२ पुष २९, बुधबार

काठमाडौं । जलबिद्युत लगानी तथा विकास कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीको विक्रि प्रबन्धक रहेको नागरिक लगानी कोषले सेयर आवेदन दिने सम्पूर्ण लगानीकर्तालाई कम्तीमा १० कित्ता पर्ने गरी बाँडफाँड गरेको हो ।jalabidhut companey

कोषले बुधबार एक कार्यक्रम गरी सेयर बाँडफाड गरेको हो । लगानीकर्ताहरुले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख ४४ हजार ८ सय १८ कित्तासम्म सेयर पाएका छन् ।

साना लगानीकर्तालाई ११ दशमलव ४ प्रतिशत र सोभन्दा माथीका लगानीकर्तालाई २ दशमलव ९ प्रतिशतका दरले सेयर बाँडफाँड गरेको नागरिक लगानी कोषका प्रवक्ता सुशिलकुमार कार्कीले जानकारी दिए । पाँच सय कित्ता भन्दा कम आवेदन दिनेहरु साना लगानीकर्ताभित्र पर्दछन् ।

कम्पनीको १ लाख ९५ हजार ३ सय ३० जना साना लगानीकर्ता रहेका छन् भने १ लाख ९ हजार ४ सय ३१ जना ठूला लगानीकर्ताले आवेदन दिएको कोषले जनाएको छ ।

ठूला लगानीकर्तामा बैंक तथा वित्तीय संस्थाले भने ५० करोड रुपैयाँसम्मको आवेदन दिएका थिए । कुल ३ लाख ४ हजार लगानीकर्ताले ४३ अर्ब रुपैयाँभन्दा बढीको सेयर भरेका छन् ।

सेयर आवेदन दिएका लगानीकर्ताले आफूलाई सेयर नपरेको रकम एक हप्तापछि फिर्ता पाउने भएका छन् । धितोपत्र नियमावली अनुसार बाँडफाँट गरेको ५ दिनभित्र रकम फिर्ता गर्नुपर्ने भएपनि प्राविधिक विषय मिलाउन बाँकी भएकाले केही ढिलाई हुने छ ।

लगानीकर्तालाई विभिन्न ६ वटा बैंक मार्फत आफ्नो खातामा पैसा पाउनेछन् । जस अनुसार जनता बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनएमबी बैंक र बैंक अफ काठमाडौंमा खाता हुने लगानीकर्ताले खातामै पैसा फिर्ता पाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ