वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसीसीसँग मर्ज हुने भएपछि कुमारी बैंकको साढे एघार करोडको कारोबार, ७.३८ अंकले बढ्यो नेप्से

अर्थटुडे
२०७२ पुष २९, बुधबार

काठमाडौं । बुधबार शेयरबजारमा कुमारी बैंकको संस्थापक सेयर र साधारण सेयर गरी कुल साढे एघार करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । यसदिन कुमारी बैंकको संस्थापक शेयर ८ करोड २० लाख रुपैयाँ तथा साधारण शेयर ३ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।kumari bank

मर्जरका लागि एनसीसी बैंकलाई छानेपछि कुमारी बैंकको कारोबार ह्वात्तै बढेको हो । कारोबार बढेपनि कुमारी बैंकको शेयरमूल्य भने एक प्रतिशतले घटेको छ । कुमारी बैंकले बुधबार नै एनसीसी बैंकसँग मर्जरका लागि औपचारीक सम्झौता गर्देछ ।

त्यस्तै नेको इन्स्योरेन्सको पनि कारोबार बढेको छ । पन्ध्र प्रतिशत बोनश सेयर र शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेपछि शेयरबजारमा नेको इन्स्योरेन्सको कारोबार एकाएक बढेको छ ।

यो कम्पनीको मात्रै चार करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने सेयरमूल्य समेत झण्डै नौ प्रतिशतले बढेको छ ।

यसदिन बजार ७.३८ अंकले बढेको छ । बाणिज्य बैंक  र फाइनान्सवाहेक सबै सुचक उकालो लागका छन् । मिबा ८५.६७ अंक, होटल ४६.८५ अंक, जलविद्युत् ११८।६७ अंक, विकास बैंक ७.२१ अंक र अन्य ५.८८ अंकले बढेको छ । यसदिन कुल ५०करोड८३लाखरुपैयाँकोसेयरकिनबेचभएकोछ।

यसदिन नेपाल लाइफ, सानिमा र नेपाल बैंकले पनि २ करोड बढिको कारोबार गरेका छन् । बुधबारको कारोबारमा महिला सहयात्रा र चिलिमे, नेशनल लाइफ, किसान माइक्रो, क्लिन भिलेज , नेको इन्स्योरेन्स लगायतका कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् ।

गुमाउनेहरुमा भने मालिका विकास बैंक, कालिन्चोक, एस डेभलपमेन्ट लगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ