वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसीसी र कुमारी गाभिने, चुक्ता पुँजी ८ अर्व भएको पहिलो निजी बैंक

अर्थटुडे
२०७२ पुष ३०, बिहीबार

काठमाडौं । चार वटा राष्ट्रिय स्तका विकास बैंकसँग मर्जर प्रक्रियामा रहेको नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) र कुमारी बैंक एक आपसमा गाभिने भएका छन् । मंसिरमा एनसीसीले इन्फ्रास्ट्रक्चर, एपेक्स, इण्टरनेसनल र सुप्रिम डेभलपमेण्ट गरी ४ वटा राष्ट्रिय स्तरका विकास बैंकसँग मर्जर सम्झौता गरीसकेको छ । कुमारीसँग पनि मर्जर सम्झौता भएपछि ६ वटा बैंक तथा वित्तीय संस्थाको मर्जर प्रक्रिया अघि बढेको एनसीसीका व्यवस्थापन समितिका संयोजक तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

NCC & kumariमर्जर प्रक्रिया चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएपनि हालसम्म बैंकको नाम, स्वाप रेसियोलगायतका विषयमा भने सहमति हुन बाँकी छ । बैंकको सम्पती तथा दायित्व मूल्यांकन (डिडिए) प्रतिवेदनका आधारमा स्वाप रेसियो तय गर्ने सम्झौता भएको छ ।

बुधबार भएको मर्जर समन्धी सम्झौतामा एनसीसीका संयोजक निरौलाका साथै कुमारी बैंकका मर्जर समितिका संयोजक डा. शोभाकान्त ढकाल, इन्फ्रास्ट्रक्चरका अध्यक्ष ईमानसिंह लामा, एपेक्सका अध्यक्ष विष्णु प्रसाद धिताल, सुप्रिमका अध्यक्ष चन्द्र प्रसाद वास्तोला र इण्टरनेसनलका अध्यक्ष माधव प्रसाद भट्टले हस्ताक्षर गरे ।

२०७२ असारसम्ममा एनसीसीको चुक्तापूँजी २ अर्ब २ करोड रुपैयाँ छ । यसमा कुमारीको २ अर्व ४३ करोड रुपैयाँ थपिनेछ । यसैगरी चार विकास बैंकमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी इन्फ्रास्ट्रक्चर बैंकसँग ८२ करोड ७५ लाख चुक्ता पूँजी छ । यस्तै सुप्रिमको ८१ करोड १६ लाख, इन्टरनेशनल डेभलपमेन्टको ७० करोड ४ लाख तथा एपेक्स डेभलपमेन्टको ६६ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

सबै बैंकको पुँजी जोड्दा ७ अर्व ४७ करोड रुपैयाँ पुग्नेछ । सबै बैंकले गत आर्थिक वर्षको वर्षको नाफाबाट लाभांस घोषणा नगरेकाले मर्जर प्रक्रिया सफल भएमा मर्जरपछि बन्ने बैंकको पुँजी ८ अर्व बढी हुनेछ ।

यस्तै मर्जरपछि बन्ने बैंकको निक्षेप ८१ अर्व १२ करोड र कर्जा ६४ अर्व ८८ करोड पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई चुक्तापुँजी चार गुणादेखि २५ गुणासम्म बढाउन निर्देशन दिएको थियो । पुँजी बढाउनकै लागि बैंकहरुलाई मर्जरमा जानका लागि दवाव परेको हो ।

पुँजी वृद्धीको निर्देशनपछि माच्छापुच्छ«े र जनता बैंक तथा बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकबिच मर्जरका लागि सम्झौता गरिसकेका छन् । निर्देशन अनुसार बाणिज्य बैंकहरुले पुँजी ८ अर्व रुपैयाँ पुर्र्याउनुपर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ