काठमाडौं । सीडीएस एन्ड क्लियरिङ कम्पनीमा दर्ता भएका एक सय ७० कम्पनीले मात्र आइतबारदेखि सेयर कारोबार हुने भएको छ ।
नियामक नेपाल धितोपत्र बोर्डले माघदेखि अनिवार्य रुपमा डिम्याट प्रणालीमा मात्र सेयर कारोबार गर्न बाध्यात्मक निर्देशन जारी गरेपछि सीडीएसमा दर्ता भएका ति कम्पनीको मात्र सेयर कारोबार हुने भएको हो ।
सिडीएसले दर्ता भएको एक सय ७० कम्पनीको सूची विहिबार सार्वजनिक गरेको हो । सीडीएसमा दर्ता नभएका कम्पनीले आइतबारदेखि सेयर कारोबार गर्न पाउने छैनन् ।
नेपाल स्टक एक्सचेन्जले कतिपय सूचीकृत कम्पनी मर्जर तथा एक्विजिसनमा गएकाले हाल एक सय ९२ वटा कम्पनीको मात्र सेयर कारोबार भइरहेको जानकारी दिएको छ । अन्नपूर्ण पोस्टबाट
प्रतिक्रिया