काठमाडौं । चीन भ्रमणमा रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र एसियाली पूर्वाधार लगानी बैंकका नव निर्वाचित अध्यक्ष जिन लिक्वीनबीच सोमबार भेट भएको छ । सो भेटका क्रममा नेपालको आर्थिक तथा पूर्वाधार विकासका सन्दर्भमा एक आपसमा छलफल भएको छ ।
अर्थमन्त्री पौडेलले नेपालमा पूर्वाधार विकासको अपरिहार्यता उल्लेख गर्दै जलविद्युत उत्पादन, प्रशारण र यातायात क्षेत्रको विकासमा एसियाली पूर्वाधार विकास बंैकबाट सहयोगको अपेक्षा गरेको जिन लिक्वीनसँग बताए ।
जवाफमा अध्यक्ष जीनले बैंकको स्थापनामा नेपालले खेलेको सकारात्मक भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै नेपालमा कार्यान्वयनयोग्य परियोजना तयारी हालतमा भए चालू वर्षमै कार्यान्वयनमा लैजान बैंकले प्रयास गर्ने उल्लेख गरे ।
त्यस्तै उनले उपयुक्त परियोजनाका पहिचान गरी बैंक समक्ष सिफारिश गर्न अर्थमनत्री पौडेललाई आग्रह समेत गरे ।
प्रतिक्रिया