काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ११ प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ । त्यस्तै बैंकले कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांस समेत वितरण गर्ने भएको छ ।
आइतबार बसेको बैंक संचालक समितिको बैठकले गतबर्षको मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
बोनश सेयरपश्चात बैंकको चुक्तापूँजी २ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पूँजी दुई अर्ब ४३ करोड रुपैयाँ रहेको छ । गत बर्ष बैंकले ३५ करोड २७ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
बैंकले गत साता मात्रै एनसीसी लगायत अन्य चार विकास बैंकसँग मर्जरमा जाने सहमति गरेको छ ।
यी ६ बैंक मर्ज भएपश्चात बन्ने बैंक आठ अर्ब भन्दा बढी पूँजी भएको नेपालको निजी क्षेत्रकै सवैभन्दा ठूलो बाणिज्य बैंक बन्नेछ ।
प्रतिक्रिया