वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डलरको भाउ फेरी बढ्यो, दुइवर्षयताकै उच्च विन्दुमा

अर्थटुडे
२०७२ माघ ५, मंगलवार

काठमाडौं । साढे दुई बर्षपछि अमेरिकी डलर फेरि उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको नेपाली मूल्य १०८ रुपैयाँ ५६ पैसा तोकेको छ । doller

भारुसँग नेपाली रुपैयाँको दर स्थिर रहेकोले भारु कमजोर हुदा नेपाली रुपैयाँ पनि कमजोर हुने गरेको छ । त्यसैले अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारुका आधारमा निर्धारण हुन्छ ।

अमेरिकी अर्थतन्त्र सवल हुँदै गएकाले भारतीय रुपैयाँ कमजोर भएको हो । चीनले पनि मुद्राको अवमूल्यन गरेका कारण त्यसको असर पनि डलरमा परेको हो ।
यही मंसिर २९ गते एक डलर बराबर १०७ रुपैयाँ ६० पैसासम्म भएको थियो । यसअघि २०७० भदौमा डलरको भाउ बढेर १०९ रुपैयाँसम्म पुगेको थियो ।

अन्तराष्र्टि«य सञ्चार माध्यमहरुले डलर अझै उक्लिने जनाएका छन् ।
डलरको मूल्य वढ्दा रेमिट्यान्सको आयमा वृद्धि हुनेछ । डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने भएपनि आयातमा निक्कै नराम्रो प्रभाव पार्दछ । आयातमा निर्भर नेपालको अर्थतन्त्र भएकोले नेपाललाई भने फाइदा भन्दा वेफाइदा बढी हुन्छ ।

डलरको भाउमा बृद्धि हुदा आयातीत सामग्रीको पनि भाउ बढ्छ जस्तै भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ