काठमाडौं । बुधबार नेपाल आयल निगमले विभिन्न पेट्रोल पम्पबाट नीजि मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल दिने भएको छ । बुधबारदेखि एक दिन विराएर तीन दिन मोटरसाइकललाई पेट्रोल वितरण हुनेछ ।
बुधबार निगमले ५७ वटा पम्पबाट निजी मोटरसाइकल तथा स्कुटरका १ देखि ३० लटका मोटरसाइकललाई पेट्रोल दिने भएको हो । बुधबार झण्डै ३ लाख लिटर पेट्रोल वितरण हुने नेपाल आयल निगमले जनाएको छ ।
एउटा मोटरसाइकललाई पाँच लिटर पेट्रोल दिइने निगमले जनाएको छ । यसपछि ८ गते शुक्रबार ३० देखि ५० लटका मोटरसाइकलहरु र स्कुरटरहरुलाई र ११ गते सोमबार ५१ भन्दा देखि माथिका लटका मोटरसाइकलका लागि तेल बिक्री गर्ने तालिका छ ।
निगमले यो पटक पनि बिहान ९ बजेदेखि तेल वितरण सुरु हुने बताएको छ । तेल लिन नवीकरण भएको ब्लुबुक अनिवार्य गरिएको छ ।
प्रतिक्रिया