वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वायोग्याँस प्रबद्र्धनका लागि १५ दिनभित्र स्पष्ट प्रस्ताव ल्याउन अर्थमन्त्रीको आग्रह

अर्थटुडे
२०७२ माघ ८, शुक्रबार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बायोग्यास प्रवद्र्धनका लागि १५ दिनभित्र स्पष्ट प्रस्ताव ल्याउन सम्बन्धीत क्षेत्रसँग आग्रह गरेका छन् । पौडेलले वायोग्यासको प्रबद्र्धनकका लागि वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र र वायोग्यास प्रबद्र्धन सङ्घको सहकार्यमा स्पष्ट योजना ल्याउन आग्रह गरेका हुन् ।Bishnu-Poudel

नेपाल वायोग्यास प्रबद्र्धन सङ्घको २१ औं वार्षिक साधारण सभाको उद्घाटनलाई सम्बोधन गर्दै उनले चालु आर्थिक वर्षभित्र थप ७० हजार वायोग्यास प्लान्ट आवश्यक पर्ने अनुदानको व्यवस्थापन गर्न सरकार तयार रहेको बताए ।

अर्थमन्त्री पौडेलले भने , “बायोग्यास प्लान्टका विषयमा व्यवस्थित र मूर्त प्रस्ताव १५ दिनभित्र लिएर आउनुहोस्, यस विषयलाई सम्बोधन गर्नका लागि मैले पहल गर्छु तपाईहरुलाई सहयोग गर्न सरकार तयार छ ।”

सपना देख्दा र योजना बनाउँदा सामथ्र्यको अधिकतम सीमासम्म ध्यान दिनुपर्नेमा जोड दिँदै उनले ग्रामीण चरित्रका नगरपालिकामा आफ्ना आयोजनालाई कार्यान्वयनमा लैजान सुझाव दिए ।

पचास वर्षमा तीन लाख ५० हजार घरधुरीलाई मात्रै वायोग्यास उपलब्ध गराउन सकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले भने, नीति तथा व्यवस्थामा भूल भएका हुनसक्छन त्यसको समाधानको सरकारले ध्यान दिनेछ ।

बायोग्यासलाई प्रोत्साहित गर्नका लागि नीति, निर्णय र लगानीतर्फ राज्यको ध्यानकर्षण गर्न वायोग्यास प्रबद्र्धन सङ्घले सफल भएको बताउँदै उनले प्राप्त उपलब्धीमा सन्तोष नगरी प्रवद्र्धनका लागि थप प्रयास गर्नुपर्ने बताए ।

मुलुकले सामना गरिरहेको ऊर्जा समस्या समाधानका लागि सरकार तथा निजी क्षेत्रबाट भएका प्रयासहरु पर्याप्त नभएको बताउँदै अर्थमन्त्री पौडेलले भने, “ऊर्जा सङ्कट समाधानका लागि कुनै एक विधालाई मात्रै अघि बढ्नु पर्याप्त हुँदैन, यसको दीर्घकालिन समाधानका लागि जलविद्युत आयोजनामा केन्द्रित हुनुपर्छ तर तत्कालका समस्यालाई समाधानका लागि सौर्य र बायो ग्यासलाई प्रवद्र्धनमा राज्यले लगानी गर्नुपर्छ ।”

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ