वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अचानक तीन मन्त्री निगमको थानकोट डिपोमा, अनियमितताको आशंकाका कारण ओलीले नै पठाए निरीक्षणमा

अर्थटुडे
२०७२ माघ ८, शुक्रबार

काठमाडौं । सरकारका तीन मन्त्रीले नेपाल आयल निगमको थानकोट डिपो निरीक्षण गरेका छन् । नेपाल आयल निगमको थानकोटस्थित डिपोमा प्रर्याप्त इन्धन भण्डारण भएपनि उपभोक्ताले नपाएको गुनासो बढेपछि अर्थमन्त्री विष्णु पौडेल, गृह मन्त्री शक्ति बस्नेत र आपूर्ति मन्त्री गणेशमान पुनसहितको टोलीले थानकोटस्थित डिपोमा निरिक्षण गरेका हुन् ।Nepal-Oil-Corporation-Thank

तेल प्रयाप्त हुँदा पनि व्यवस्थापन र वितरणमा थानकोट डिपो र आयल निगमले आनाकानि गर्नुको पछाडि अनियमितताको आशंका गरिएको थियो । सोही कारण प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा तीन मन्त्रीसहितको टोली शुक्रबार बेलुका थानकोट डिपोमा पुगेका थिए ।

डिपोमा रहेका डिजेल, पेट्रोल र मट्टितेल राख्ने ट्याङ्कहरू भरिएको र इन्धन राख्ने ठाउँ नहुँदा भरिएका तेलका ट्यांकरहरू केहीदिनदेखी अलपत्र अवस्थामा रहेको थानकोट डिपोमा कार्यरत एक कर्मचारीले जानकारी दिए ।

राष्ट्रिय गौरवको आयोजनालाई नै इन्धन उपलव्ध गराउन डिपोले आनाकारी नगरेपछि प्रधानमन्त्रीले तीन मन्त्रीलाई डिपो निरीक्षण गरी सत्यकुरा बाहिर ल्याउन भनेका छन् ।

इन्धनको अपूर्ति बढेपनि सर्वसाधरणले सधै दुख मात्र पाएकोप्रति सर्वसाधरणमा आक्रोश बढरिहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ