वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री भारतजाने मिति तय गर्नको लागि भारत भ्रमणमा जादै अर्थमन्त्री

अर्थटुडे
२०७२ माघ १६, शनिबार

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा अर्थमन्त्री विष्णु प्रसाद पौडेल तीनदिने भारत भ्रमणमा जान लागेका छन् । सो भ्रमण आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीका लागि पनि गरिएको हो । पौडेल माघ २४ गते भारत जाने र २६ गते फर्कने छन् । Bishnu-Poudel
अर्थमन्त्रालयका प्रेस सल्लाहकार मोहन चापागाईका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा नै अर्थमन्त्रीको भ्रमण केन्द्रित हुने छ ।
भारतमा रहँदा अर्थमन्त्री पौडेलले भारतीय विदेशमन्त्री स्वराजसँगै वित्तमन्त्री अरुण जेट्लीसँग पनि भेटवार्ता गर्नेछन् । ’दुईपक्षीय आर्थिक सहायता र साझेदारीका विषयमा अर्थमन्त्रीले भारतीय मन्त्रीहरुसँग छलफल समेत गर्ने कार्यक्रम रहेको छ ।
अर्थमन्त्रीको भ्रमणको बेलामा प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय हुने प्रधानमन्त्रीको निजी सचिवालयलले जनाएको छ । प्रधानमन्त्रीले नाकाबन्दी नखुलेसम्म भारत भ्रमणमा नजाने बताइरहेका वेला अर्थमन्त्रीको भारत भ्रमणले प्रधानमन्त्रीको भारत भ्रमणको भिति तय हुने छ । मिति तय हुनु भनेको सम्पुर्ण नाका खुल्नु रहेको प्रधानमन्त्रीका सल्लाहकारहरुले दावी गरीरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ