काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गर्भनरका लागि चार जनाको नाम सिफारीस गरेसँगै को बन्ला भन्ने विषयमा बजारमा अड्कलबाजी सुरु भएको छ । गर्भनर चिरञ्जिवि नेपालले विहिबार चिन्तामणी शिवाकोटी, नारायण पौडेल, त्रिलोचन पंगेनी र शिवनाथ पाण्डेको नाम सिफारीस गरेका छन् । यसैबाट मन्त्रीपरिषद्को बैठकले २ जना छनोट गर्नेछ ।
स्रोतका अनुसार डेपुटी गर्भनरका लागि शिवाकोटी र पाण्डेको सम्भावना बढी रहेको छ । बरिष्ठताका आधारमा भने पौडेल र शिवाकोटी अग्रपङतीमा छन् ।
यसअघिको अनुभवलाई हेर्दा बरिष्ठताका आधारमा मात्र छनोट हुने गरेको छैन ।
डेपुटी गर्भनरद्धय गोपाल प्रसाद काफ्ले र महाप्रसाद अधिकारीको कार्यकाल पुस १० गते नै सकिएको हो । गर्भनर र अर्थमन्त्री विष्णु पौडेलबिचको विवादका कारण नियुक्तीमा ढिलाई भएको बताईएको छ ।
प्रतिक्रिया