वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्याँस सिलिन्डर सहित पूर्व सशत्र प्रहरी निरिक्षक भारती पक्राउ

अर्थटुडे
२०७२ माघ १८, सोमबार

काठमाडौं । ग्याँस सिलिन्डर कालोबजारी गरेको अभियोगमा सशस्त्र प्रहरीका पूर्व्निरीक्षक राजेश भारतीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार काठमाडौंको बौद्धस्थित पसलबाट भरिएका २८५ ग्यास सिलिण्डर सहित भारतीलाई प्रहरीले पक्राउ गरेको हो । man
अपराध अनुसन्धान महाशाखाबाट गएको टोलीले भारतीले कालोबजारी गरेको सूचनाको आधारमा छापा मार्दा सो परिणाममा लुकाई राखेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
छापा मार्नेक्रममा उनको पसलबाट २५८ सिलिण्डर गीता कम्पनिका र बाँकी सबै एसटीसी कम्पनिका सिलिण्डर बरामद भएको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
बरामद भएका सबै सिलिण्डर ग्यास भरिएका छन् । उनले आधा सिलिण्डर ग्यासलाई १५ सय रुपैयाँसम्ममा बिक्री गरेको पाइएको प्रहरी बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ