वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खाना पकाउने ग्याँसको आयात बढ्यो , मागको झण्डै ५० प्रतिशत आयात

अर्थटुडे
२०७२ माघ १९, मंगलवार

काठमाडौं । केही समययता खाना पकाउने एलपी ग्यासको आयात बढदै गएको छ । भारतले गरेको नाकाबन्दीपछि खाना पकाउने ग्यासको आयातमा गिरावट आएको थियो । पछिल्लो केही दिन यता भारतीय आयल कर्पोरेशन (आइओसी) ले मागको ५० प्रतिशत ग्यास दिन थालेकोले ग्याँसको आयात बढेको ग्यास उद्योगीहरुले जनाएका छन् । gas pic
नाकाबन्दीपछि मंसिरको अन्त्यसम्म मागको जम्मा १० प्रतिशत मात्र ग्याँस नेपाल भित्रिएकोमा यो ंख्या बढेर पुसमा ३१ प्रतिशतमा पुगेको थियो ।

पछिल्लो सातायता भारतबाट मागको ५० प्रतिशतसम्म ग्यास आयात हुन थालेको छ । भारतबाट दैनिक झण्डै ४० बुलेट ग्यास भित्रिन थालेको छ । बरौनी रिफाइनरीले दैनिक २० देखि २२ वटासम्म बुलेटमा ग्यास लोड हुन्छ भने हल्दिया र मुथरा रिफाइनरीले पनि दैनिक १० र १० बुलेट भन्दा बढी बुलेटमा लेड दिएको नेपाल ग्याँस उद्योग संघले जनाएको छ ।

नेपालमा समान्य अवस्थामा झण्डै मासिक ३० हजार मेट्रिक टन ग्यासको माग छ । तर, अहिले माग धेरै छ ।
देशभर अझै पनि झण्डै ५६ लाख सिलिन्डर खाली रहेको संघको तथ्याङ्कमा उल्लेख छ । यसलाई पूर्ति गर्न झण्डै ८० हजार मेट्रिक टन ग्यास आवश्यक पर्ने अनुमान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ