वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निजी सवारी साधनलाई नियमित तेल दिन सूरु, भोलि १ देखि ३० लटसम्मका मोटरसाइकललाई पेट्रोल

अर्थटुडे
२०७२ माघ १९, मंगलवार

काठमाडौं । आयातमा बृद्धि भएपछि नेपाल आयल निगमले निजी सवारीलाई नियमित रुपमा तेल दिन सुरु गरेको छ । निगमले लट अनुृसार दिन बिराएर निजी सवारीलाई तेल दिन थालेको जनाएको छ ।  सोमबारसम्म निजी चारपांग्रे सावारी साधनलाई पेट्रोल दिएको निगमले बुधबारदेखि फेरि निजी दुई पांगे्र मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल दिने भएको छ ।

petrol
निगमले मंगलबार सुचना जारी गर्दै बुधबार १ देखि ३० लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्न लागिएको जनाएको छ । निगमले शुक्रबार त्यसभन्दा माथि ५० लट सम्म र आइतबार वा सोमबार ५० देखि माथिको लटका नीजी दुई पांग्रे सवारी साधनलाई पेट्रोल उपलव्ध गराउने जनाएको छ ।

त्यसलगत्तै मौज्दातको अवस्था हेरेर कारलाई पनि पेट्रोल दिने आयल निगमले जनाएको छ । बुधबार काठमाडौंका ४७ वटा पम्पबाट निजी मोटरसाइकल र स्कुटरले ५ लिटरका दरले तेल भर्न पाउनेछन् ।
तेल भर्न जाने सवारीको ब्लु बुक अनिवार्य रुपमा नवीकरण भएको हनुपर्नेछ । बिहान ९ बजेदेखि नै पम्पहरुमा तेल वितरण सुुरु हने आयल निगमले निकालेको सूचनामा उल्लेख छ ।

भोलि तेल वितरण हुनेपम्पमा आजनै तेल पठाइनेछ । आयल निगमले एक साता अघि पनि मोटरसाइकलका लागि लट अनुसार तेल वितरण गरेको थियो ।

हेर्नुहोस् सुचि सहित तेल वितरण हुने पम्पहरु ।petrol-pump-list-20-1

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ