वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नाकाबन्दीले छोएन एसवीआइ बैंकलाई, खुदनाफा ६२ करोड

अर्थटुडे
२०७२ माघ १९, मंगलवार

काठमाडौं । नेपाल एसविआइ बैंकले ६२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गर्दै बैंकले गत वर्षको सोही सोही अवधिको भन्दा १७ प्रतिशतले नाफामा बृद्धि भएको जनाएको छ ।

nepal SBI bank
बैंकले गत आर्थिक बर्षको सोही अवधिमा ५३ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद व्याज आम्दानीमा बृद्धि, संचालन मुनाफामा बृद्धि भएका कारण खुदा नाफा बढेको पनि बैंकले जनाएको छ । नाकाबन्दीका कारण नाफामा गिरावट आउँछ भनिरहेका वेला एसवीआइ बैंकको भने करिव १७ प्रतिशतले नाफामा बृद्धि भएको छ ।

बैंकको खुद व्याज आम्दानी एक अर्ब १४ करोड रुपैयाँ रहेको छ गत वर्ष सोही अवधिमा सोही शिर्षकमा ९६ करोड ७० लाख ब्याज आम्दानी गरेको थियो ।
बैंकको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ८१ पैसा, प्रतिशेयर नेटवर्थ २०६.४५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३८.३५ गुणा तथा तरलता अनुपात ३०.१७ प्रतिशत रहेको छ । सोमबार शेयरबजारमा बैंकको प्रतिशेयर मूल्य १३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसवधिमा बैंकले ५८ अर्ब ३५ करोड निक्षेप संकलनगरी ४१ अर्ब ८१ करोड कर्जा परिचालन गरेको छ । बैंकले गतआर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई २७ प्रतिशत बोनस शेयर तथा १ दशमलव ४२ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । बैंकको साधारणसभा यहि माघ २४ गतेहुदैछ । बैंकको चुक्तापुँजी ३ अर्ब ५ करोड ८० लाख रुपैंया रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ