काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र संसारा रेमिटबिच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका नायब महाप्रबन्धक सुमन शर्मा र संसाराका कार्यकारी उपाध्यक्ष जिवन बाबु श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार विभिन्न देशबाट संसारा रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु मार्फत भुक्तानी लिन सकिनेछ । बैंकले हाल ५६ शाखा र १ एक्स्टेन्सन काउन्टरबाट रेमिट्यान्सको भुक्तानी सेवा दिइरहेको छ ।
बैकको एम बि एल रेमिटले पनि चाडै नै दुबई, कतार लगायतका स्थानबाट अन्तर्राष्ट्रिय रेमिट्यान्स कारोबार सुरु गर्ने र त्यसका लागि युएई एक्स्चेन्जसँग सम्झौता भई तयारी अन्तिम चरणमा रहेको जनाएको छ ।
प्रतिक्रिया