वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा दिनहुँ नयाँ रेकर्ड, मंगलबार नेप्से १२४० अंकमा

अर्थटुडे
२०७२ माघ १९, मंगलवार

काठमाडौं । सेयर बजारले मंगलबार पनि नयाँ उचाइमा पुगेको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको बजार कारोबार बन्द हुने समयमा सामान्य घटेपछि २.०५ अंकले बढेर १२४० अंकमाथि पुगेको छ ।

share
मंगलबार नेप्से परिसुचकसँगै अधिकांश समूहगत परिसुचक पनि उकालो लागेका छन् । मंगलबार सबैभन्दा बढी विकास बैंकका लगानीकर्ताले कमाएका छन् भने होटलका लगानीकर्ताले गुमाएका छन् । यस्तै १११ कम्पनीका ५६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आज रिडि हाइड्रो, अल्पाइन डेभलपमेन्ट, विराटलक्ष्मी, हामा मर्चेन्ट, युनाइटेड फाइनान्स, सिन्धु विकास बैंक लगायतका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस्तै इनोभेटिभ डेभलपमेन्ट बैंक, युनियन फाइनान्स, तिनाउ डेभलपमेन्ट, अरनिको डेभलपमेन्ट लगायतका कम्पनीले बढी गुमाएका छन् ।

माघ ३ गतेदेखि डिम्याट सेयरको कारोबार सुरु भएपछि सेयर बजार लगातार उकालो लाग्न सुरु गरेको हो । त्यतिबेला १२०९ अंकमा रहेको नेप्से अहिले १२४० अंकमा पुगिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ