वि.सं. २०८१ माघ २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पलाउ लैजाने भन्दै डेढ करोड ठगी

अर्थटुडे
२०७२ माघ २०, बुधबार

काठमाडौं । होसियार रहनुहोस् विदेश पठाउने बहानामा दलालहरुले घर न घाटको बनाउन सक्छन् । विदेश जाने र टन्न पैसा कमाएर सुखीसाथ बस्ने तपाईको सपना चकनाचुर हुन सक्छ दलालहरुको फन्दामा परेर ।banking thag

यस्तै विदेश जाने चक्करमा थाइल्याण्डको वैंककमा अलपत्रमा परेका एक नेपाली हुन् राजाराम मानन्धर । वानेश्वरको शंखमूलका मानन्धर धेरै कमाएर छोरी पढाउने तथा ऋण तिर्ने सोचका साथ पलाउ ( एउटा टापु) जान भनेर साढे पाँच लाख रुपैयाँ ए टु जेट एजुकेसन कन्सल्टेन्सीमा बुझाए ।

कन्सल्टेन्सीका प्रमूख राजन (विष्णु ) तिवारी र प्रबन्धक भनिएकी दिक्षा आचार्यलाई सो रकम बुझाएका थिए । करिव डेढ महिना अघि पलाउका लागि हिडेका मानन्धर न पलाउ पुगे न नेपाल फर्कन सकेका छन् । पलाउका लागि हिडेका मानन्धरलाई थाइलण्डको बैंकक लगियो र बैंककमा पुगेपछि राम भन्नेलाई भेट्न लगाइयो । रामले होटलमा लगेर राखिदिए र केही छिनमा आउछु भनी उनी फरार भए । हप्तौ वितिसक्दा पनि उनी फर्केनन् । मानन्धरलाई अहिले साहुले होटलबाट निकाली दिएको छ र अहिले उनी बैंकको सडकमा भौतारी रहेका छन् ।

उताबाट फोन आउँछ मलाई जसरी हुन्छ नेपालमा झिकाउने काम गर भनेर मानन्धरकी श्रीमति रिनाले रुदै भनिन् तर मैले कसरी झिकाउने ?

त्यस्तै पालाउकै लागि ६ लाख तिरेर पालाउमा अलपत्र परेका अर्का पिडित हुन् धादिङका मानबहादुर राई । उनका भाई मिनबहादुरका अनुसार उनी मासिक ३ लाख कमाई हुन्छ भन्ने आश्वासनका साथ पलाउ जानका लागि तयार भएका थिए र गए पनि । पलाउ गएपछि आफूसँगै गएको साथि र मानबहादुरलाई छुटटा छुट्टै राखिदियो । उनका भाइ भन्छन् दाईले हामीलाई पटक पटक फोन गरेर नेपाल झिकाउ भन्नु हुन्छ तर हामीले उनलाई कसरी नेपाल झिकाउने ?

उनीहरुले दिएको जाहरीका आधारमा महानगरीय प्रहरी बृत्त बानेश्वरले केही दिन अघि राजन (विष्णु) तिवारी र दिक्षा आचार्यलाई वैदेशिक रोजगारीका लागि पलाउ लैजाने भन्दै एक करोड ६० लाख रुपैयाँ ठगेको आरोपमा पक्राउ गरेको छ ।

तिवारी र आचार्यले विभिन्न व्यक्तिलाई पलाउ लैजाने भन्दै एक करोड ६० लाख रुपैयाँ भन्दा बढी रकम ठगेका थिए । हाल महानगरीय प्रहरी परिसर हनुमानढोकाले उनीहरुलाई पाँच दिनको म्याद थपेर थप अनुसन्धान गरीरहेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालले विदेशमा समस्यामा परेका नेपालीहरुले नेपाल प्रहरीको हट लाईन नम्वर ११७७ मा सम्पर्क गरी आफ्नो समस्या बताउन अनुरोध गरेका छन् । उनका अनुसार सो नम्वरमा सम्पर्क गर्ने नेपालीको उद्धारका लागि नेपाल प्रहरीले त्यहाँको एनआरएन र दुतावासको सहयोग लीइ नेपाल फर्काउने बन्दोबस्त मिलाइने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ