वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समस्याग्रस्त बैंकहरूले ६ अर्व रुपैयाँ फिर्ता गर्न बाँकी

अर्थटुडे
२०७२ माघ २०, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका बैंक तथा वित्तीय संस्थाले करिब ६ अर्व रुपैयाँ निक्षेप फिर्ता गर्न बाँकी रहेको छ । समस्याग्रस्त १० फाइनान्स कम्पनी र तीन विकास बैंकमा व्यक्तिगत १ अर्व ७७ करोड, संस्थागत २ अर्व ९० करोड तथा अन्य मुद्दति निक्षेप १ अर्व ७६ करोड रहेको छ ।

समस्याग्रस्त घोषणा गर्दा ती वित्तीय संस्थामा १५ अर्व ९ करोड निक्षेप रहेकोमा ०७२ असोजसम्ममा ९ अर्व १६ करोड फिर्ता गरिसकेका छन् । पछिल्लो समयमा समस्याग्रस्त वित्तीय संस्थामा रकम नहुदा निक्षेप फिर्ता हुन नसकेको राष्ट्र बैंकले जनाएको छ ।

समस्याग्रस्त वित्तीय संस्था बढ्दै गएपछि केन्द्रीय बैंकले ०७० चैतबाट समस्याग्रस्त संस्था रिजोलुसन महाशाखा गठन गरी यस्ता संस्थाहरुको निगरानी गर्दै आएको छ । महाशाखाले समस्याग्रस्त वित्तीय संस्थाका खराव कर्जा असुली हुन नसक्दा निक्षेप फिर्ता गर्न नसकिएको जनाएको छ । अधिकांश धितो कमसल र बजारयोग्य नभएको, धितोको मुल्यांकन बजारमुल्य भन्दा बढी गरिएको, ग्रामीण क्षेत्रका खेतवारी तथा भिरालो जग्गा समेत धितो राखेका कारण कर्जा असुलीमा समस्या भएको महाशाखाको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । समस्याग्रस्त संस्थाहरुको खराव कर्जा ८८ प्रतिशतसम्म पुगेको छ ।

समस्याग्रस्त संस्थाहरुले ८ अर्व ४७ करोड कर्जा उठाउन बाकी रहेको छ । समस्याग्रस्त घोषणा गर्दा १९ अर्व ९ करोड कर्जा रहेकोमा चालु आवको असोजसम्म १० अर्व ६३ करोड असुल गरेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन अनुसार राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरपछि ती वित्तीय संस्थाले थप निक्षेप संकलन तथा कर्जा लगानी गर्न पाउदैनन् । समस्याग्रस्त कारवाही भोगको संस्थाको व्यवस्थापनको मुख्य काम खराब कर्जा उठाएर निक्षेप फिर्ता गर्ने र संस्थाको वित्तीय स्वास्थ्य सुधार गर्ने हुन्छ । समस्याग्रस्त वित्तीय संस्थाले निक्षेप फिर्ता गर्दा व्यक्तिगत निक्षेपकर्तालाई पहिलो प्राथमिकता दिनुपर्छ ।

समस्याग्रस्त संस्थामध्ये सबैभन्दा बढी गोर्खा डेभलपमेन्ट बैंकले एक अर्व ७ करोड फिर्ता गर्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी सबैभन्दा कम जनरल फाइनान्सको ४ करोड १५ लाख रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकले हालसम्म १६ वटा बैंक तथा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेकोमा नेपाल विकास बैंक, सम्झना फाइनान्स र युनाइटेड डेभलपमेन्ट बैंक खारेजीमा गएका छन् । बाँकी १३ वटा वित्तीय संस्था समस्याग्रस्तमध्ये गोर्खा डेभलपमेन्ट बैंक र नेपाल सेयर मार्केट एण्ड फाइनान्समा राष्ट्र बैंकले आफ्नो व्यवस्थापन समूह पठाएर संचालन गरिरहेको छ ।

समस्याग्रस्त बैंकले ०७२ असोजसम्म फिर्ता गर्न बाँकी (रकम रु हजारमा)
समस्याग्रस्त संस्था फिर्ता गर्न बाँकी निक्षेप
गोर्खा डेभलपमेन्ट बैंक 1,079,712
क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स 869072
नेपाल शेयर मार्केट एण्ड क्यापिटल फाइनान्स 859595
ललितपुर फाइनान्स 713845
हिमालय फाइनान्स लिमिटेड708158
नारायणी डेभलपमेन्ट बैंक 327330
क्रिष्टल फाइनान्स 286493
कुवेर मर्चेन्ट फाइनान्स281253
वल्र्ड मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स 246948
कर्पोरेट डेभलपमेन्ट बैंक 215225
नेपाल फाइनान्स 190228
अरुण फाइनान्स 116486
जनरल फाइनान्स 41590

869,072
869,072

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ