वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चौधरीसमूहको संस्थापक लुनकरणदासको निधन

अर्थटुडे
२०७२ माघ २१, बिहीबार

काठमाडौं । विश्वका अर्वपतिहरुको समूहमा सामेल भएको चौधरी ग्रुपका संस्थापक अध्यक्ष लुनकरणदास चौधरीको विहिबार निधन भएको छ । तीन छोरा र एक छोरी रहेका चौधरीको ९३ वर्षको उमेरमा निधन भएको हो । उनका जेठा छोरा बिनोद चौधरी विश्वका अर्वपतिको सुचिमा परेका नेपाली हुन् ।

LunkaranDash-Chaudhary१९७९ सालमा काठमाडौंको मखन टोलमा जन्मिएका चौधरीले भूरामल लुनकरण दास चौधरीको नाममा कम्पनी सुरु गरेका थिए । उनले बाबु भूरामलको पाला देखि नै चल्दै आएको कपडाको व्यापारलाई निरन्तरता दिँदै औद्योगिक क्षेत्रमा हात हालेका हुन् । उनले विराटनगरमा जुट उद्योग स्थापना गरेका थिए भने पछि निर्माण कम्पनी पनि चलाए ।

उनले २०२२ सालमा मोजा उत्पादन गर्ने मोर्डन होजियारी उद्योग कम्पनी स्थापना गरे त्यस्तै सेन्थेटिक कपडा उत्पादन गर्ने नेपाल स्पिनिङ बेभिङ एण्ड निटिङ नामक कम्पनी पनि स्थापना गरे ।

उनले तेस्रो उद्योगको रुपमा भाँडा उत्पादन गर्ने रत्न स्टेनलेस स्टिल नामक कम्पनी स्थापन गरे । लुनकरणदासले युनाइटेड विल्डर्स नामको निर्माण कम्पनी स्थापना गरे। यही कम्पनीले सोल्टी होटल निर्माण गरेको हो । नेपालमा पहिलो पटक डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याउने लुनकरणदास नै हुन् । उनले २०२५ सालमा न्यूरोडमा डिपार्टमेन्ट स्टोर खोलेको थिए ।

चौधरी गु्रपले अहिले विभिन्न क्षेत्रमा ४० वटाभन्दा बढी औद्योगिक–व्यापारिक संस्थाहरु स्थापना गरेको छ भने सात हजारभन्दा बढीले रोजगारी पाएका छन् ।
लुनकरण नेपाल उद्योग वाणिज्य महासंघ, मारवाडी सेवा समिति, नेपाल चेम्बर अफ कमर्सलगायतका दर्जनौं संघ संस्थाका संस्थापक हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ