वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ब्रिटिस कलेज र माइक्रोसफ्ट इनोभेसन सेन्टरबीच सम्झौता, सूचना प्रविधि क्षेत्रमा मिलेर काम गर्ने

अर्थटुडे
२०७१ असार ९, सोमबार

काठमाडौं  । द ब्रिटिस कलेज काठमाडौँले विद्यार्थीहरुको क्षमता अभिवृद्धि, बौद्धिक पूँजी निर्माणका लागि तालिम तथा रोजगारीका लागि विभिन्न संघसंस्थाहरुसँग सहमतिपत्रमा हस्ताक्षर गरिरहेको प्रसङ्गमा पछिल्लो समय माइक्रोसफ्ट इनोभेसन सेन्टर नेपालसँग पनि सोही किसिमको सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।

MOU Signingमाइक्रोसफ्ट इनोभेसन सेन्टर नेपाल अनलिमिटेड टेक्नोलजिजको एउटा भातृ संस्था हो, जसले नेपालमा असली र जेनयुन सफ्टवेयरहरुको बिक्री वितरण गरिरहेको छ । दुवै संस्थाबीचको सहमतिले नेपालमा सूचनाप्रविधिका क्षेत्रमा गतिलो काम गर्न सकिने विश्वास लिइएको छ ।
यी दुवै संस्थाको संयुक्त पहलबाट विद्यार्थीहरुले जेनयुन सफ्टवेयर पाउने, माइक्रोसफ्टद्वारा उत्पादित सफ्टवेयरहरुको प्रयोगका लागि सफलतापूर्वक प्रयोगका तालिम दिइने र यसका लागि माइक्रोसफ्ट इनोभेसन सेन्टर नेपाल इनोभेसन सेलको स्थापना गरिने पनि सहमति भएको छ ।

थापाथलीस्थित कलेज बेलायतका दुई विश्वविद्यालय लिड्स मेट्रोपोलिटन युनिभर्सिटी र युनिभर्सिटी अफ वेस्ट अफ इङ्ल्याण्डबाट सम्बन्धनप्राप्त गरी बीबीए, बीएस्सी कम्प्युटिङ, बीबीएम, एमएस्सी इन्टरनेशनल म्यानेजमेन्ट, एमबीए एग्जुकेटिभ, एसीसीए र ए लेभल लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । आगामी सेप्टेम्बरदेखि एमएस्सी इन्फरमेशन म्यानेजमेन्ट र एमएस्सी पब्लिक हेल्थ लगायतका कार्यक्रमहरु सञ्चालन उद्देश्य राखेको छ ।

हाल कलेजमा पाँच सयभन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ