वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दिनप्रतिदिन नयाँ रेकर्ड कायम गर्दै बजार, विहिबार १२५१ अंकमा रोकियो नेप्से

अर्थटुडे
२०७२ माघ २१, बिहीबार

काठमाडौं । केही दिनयता सेयर बजारको बृद्धि अनपेक्षित रुपले बढेको छ । विहिबार सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ भने कारोबारमा पनि नयाँ उचाई नै कायम गरेको छ ।share
यसदिन ९.२९ अंकले बढेर १२५१.४२ अंकमा अडिएको छ । कारोबार पनि ७० करोड ९१ लाख रुपैया भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । कारोबार रकम अघिल्लै दिनको तुलनामा करिब चौध करोड रुपैयाँले बढेको हो ।
बैंकिङ ४.८३, होटल ४.२५, विकास बैंक २३.७१, जलविद्युत् ४१.४१, बिमा ३८.७६, उत्पादनमूलक २७.५ र अन्य ७ अंकले बढेको छ ।
अधिकांस समूहगत परिसुचक उकालो लाग्दा नेप्सेले नयाँ रेकर्ड राखेको हो । लगानीको अवसर पर्याप्त नभएका कारण र नाकाबन्दी खुल्ने हल्लाका कारण लगानीकर्ता उत्साहित हुदा सेयर बजारले नयाँ रेकर्ड कायम गरिरहेको छ । यसदिन बित्त समूहको बाहेक सबै सूचक सकारात्मक रहेको छ ।
यसदिन नेको इन्स्योरेन्सको सबैभन्दा धेरै ५ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५९ लाख रुपैयाँ बढिको शेयर किनबेच हुँदा नेपाल एसबिआई बैंकm नागरिक लगानी कोष, साना किसान बैंक बैंकको पनि २ करोड बढिको कारोबार भएको छ ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, नेपाल ग्रामिण विकास बैंक, सिद्धार्थ ओरिएन्ट इक्वटी स्किम, रिलायन्स लोटस फाइनन्स रुरल माइक्रोफाइनान्सको शेयरमूल्य दश प्रतिशतका दरले बढेको छ ।
सवैभन्दा धेरै गुमाउनेहरुमा कालिका माइक्रोक्रेडिट, नारायणी नेशनल फाइनान्स, नेपाल कम्युनिटि डेभलपमेन्ट बैंक, शुभेच्छा विकास, सिन्धु विकास बैंक रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ