काठमाडौं । बजार दिनानुदिन रोकर्ड तोड्दैछ । गत विहिबार १२५१ अंकमा रोकिएको सेयर बजार साताको पहिलो दिन आइतबार ११.४ अंकले बढेर १२६२.८ अंकमा रोकिएको छ । भारतीय नाकाबन्दी खुलेर सहज हुन थालेपछि सेयर बजार उकालो लागेको बजार विष्लेषकहरुको भनाइ रहेको छ ।
यसदिन सम्पुर्ण समूहगत परिसुचक पनि बढेको छ । सवैभन्दा बढी विमा समुहको परिसुचक ४८.८ अंकले बढेको छ । त्यस्तै जलविद्युत समुहको ३३.८८ अंक, होटल समूहको २६.८६, उत्पादनमूलक समूहको २८, बैकिङ समूह्को १२.७८ अंकले बढेको छ ।
त्यस्तै विकास बैंक समूहको भने थोरै अंकले मात्र बढेको छ । बजार हल्लाको भरमा बढेको र केही समयपछि विस्तारै ओलदै गई आफ्नो साइजमा आउने विष्लेषकहरुले बताइरहेका छन् । अन्यत्र लगानीको अवसर नभएकोले धेरै लगानीकर्ता पुँजीबजार प्रति आकर्षित भएका छन् ।
यसदिन धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड ३३ लाख बरारबरको कारोबार भएको छ । फागुनको पहिलो साताबाट एफपिओ आउने हल्लाका कारण पनि इन्भेष्टमेन्ट बैंकको सेयरको कारोबार बढी भएको हो ।
त्यस्तै रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर, एसियन लाइफ इन्सुरेन्स, नेपाल एविआइ वैंक, एभरेष्ट बैंक र नेपाल लाइफ इन्सुरेन्सले धेरै कारोबार गरेका छन् । आइतबार ७५ करोड ४७ लाख बराबरको १३ लाख ११ हजार कित्ता सेयर कारोबार भएको छ ।
यसदिन नेपाल ग्रामीण विकास बैंको सबैभन्दा बढि दश प्रतिशतले शेयरमूल्य बढेको छ । ग्रामीण विकास बैंका लगानीकर्ताले सबैभन्दा धेरै कमाउँदा अपि हाइड्रो, सगरमाथा फाइनान्स, गूह्श्वरी मर्चेन्ट, कञ्चन डिभलपमेन्ट रुरल माइक्रोफाइनान्स, सेति फाइनान्स लगायतका कम्पनी धेरै कमाउनेमा परेका छन् ।
अरुण हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै गुमाउँदा फस्ट माइक्रोफाइनान्स, शुभेच्छा विकास, हामा मर्चेन्ट , युनियन फाइनान्स लगायतका कम्पनीले धेरै गुमाएका छन् ।
प्रतिक्रिया