वि.सं. २०८१ पुष २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपदान/निवृतिभरण कोष योजनाका लागि नागरिक लगानी कोष र बीमा कम्पनीविच सम्झौता

अर्थटुडे
२०७२ माघ २५, सोमबार

काठमाडौं । नागरिक लगानी कोष र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच उपदान/निवृतिभरण कोष योजना संचालन सम्बन्धी आइतबार सम्झौता भएको छ । cit beema agrementसम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरबिक्रम रायमाझीले हस्ताक्षर गरेका हुन ।

बीमा कम्पनीका निवृतीभरक कर्मचारीहरुको लागि पेन्सन, वितरण गर्ने कार्यलाई सहज र सरल बनाउन तथा कम्पनीका सेवा निवृत कर्मचारीहरुलाई निवृतीभरण बापतको रकम भुक्तानीको सुनिश्चितता प्रदान गर्न सम्झौताले सहयोग पु¥याउने कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए ।

सम्झौताको अवसरमा कोषको तर्फबाट मुख्य व्यवस्थापक सुशिल अर्याल, उपब्यवस्थापकद्वय छविरमण अधिकारी र शोभा श्रेष्ठ, उपदान कोष योजना साखाका प्रमुख दिपेन्द्र सिंह अधिकारी तथा वीमा कम्पनीको तर्फबाट मुख्य व्यवस्थापक दामोदर सापकोटाको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ